टर्कीको विद्यालयमा अन्धाधुन्ध गोली प्रहार: आक्रमणकारीसहित १४ जनाको मृत्यु, १३ घाइते

छानबिन न्यूज
पाठक संख्या 21
1 Min Read
Oplus_16908288

३ बैसाख,काठमाण्डाैं । टर्कीको कहरामनमारास क्षेत्रस्थित आयसर क्यालिक सेकेन्डरी स्कुलमा बुधबार एक १४ वर्षीय छात्रले अन्धाधुन्ध गोली चलाउँदा आक्रमणकारी स्वयं र अन्य केही गरी १४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

टर्कीका गृहमन्त्री मुस्तफा सिफ्सीका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। बीबीसीले उल्लेख गरे अनुसार, ती छात्रले पाँच थान बन्दुक र सात म्यागेजिनसहित दुईवटा कक्षा कोठामा प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

सेवानिवृत्त प्रहरी अधिकारीका छोरा रहेका ती आक्रमणकारीको पनि घटनाकै क्रममा मृत्यु भएको छ, यद्यपि गोलीबारीको निश्चित कारण अझै खुल्न सकेको छैन

। यसअघि मंगलबार मात्रै टर्कीको दक्षिणी क्षेत्रको अर्को एक हाई स्कुलमा पनि पूर्वछात्रले गोली चलाउँदा १६ जना घाइते भएका थिए र पछि आक्रमणकारीले आफैंलाई गोली हानेका थिए।

प्रतिक्रिया
शेयर