१८ चैत, नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्।
बुधबार सम्पन्न निर्वाचनमा मनोनयन दर्ता गर्ने समयसम्म अन्य कसैको दाबी नपरेपछि उनी सर्वसम्मत छानिएका हुन्। यसअघि सांसद सुहाङ नेम्वाङले पनि उक्त पदमा दाबी प्रस्तुत गरेका थिए, तर अन्तिम समयमा समर्थक र प्रस्तावक जुटाउन नसकेपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएका थिए।
आफू निर्वाचित भएपछि बादललाई अर्का दाबेदार सुहाङ नेम्वाङले खादा ओढाएर सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरेका छन्।
प्रतिक्रिया
