बिहेका लागि पुणेका युवाको अनौठो जुक्ति: चोकमा विशाल होर्डिङ बोर्ड राखेर दिए ‘परम इमानदार’ बायोडाटा

छानबिन न्यूज
पाठक संख्या 71
1 Min Read
Oplus_16908288

३१ असार,एजेन्सी ।  आजभोलि विवाहका लागि केटाको आर्थिक हैसियत, आफ्नै घर र गाडीलाई पहिलो सर्त बनाइने आधुनिक समाजमा भारतको पुणेका एक ३० वर्षे युवा राघव विश्वासराव शिन्डेले बिहेका लागि केटी नपाएपछि सहरको व्यस्त चोकमा आफ्नो वास्तविक विवरणसहितको विशाल होर्डिङ बोर्ड खडा गरेर सबैलाई अचम्ममा पारेका छन् ।

पुणेको पिम्पले सौदागर इलाकास्थित केट पाटिल चोकमा राखिएको उक्त मराठी भाषाको विज्ञापन बोर्डमा राघवले आफ्नो उमेर ३० वर्ष, मासिक कमाइ मात्र २५ हजार रुपैयाँ रहेको र आफ्नो नाममा कुनै फ्ल्याट, जग्गा वा गाडी नभएको सत्य कुरा निसङ्कोच उल्लेख गर्दै सुयोग्य केटी भए जानकारी दिन आग्रह गरेका छन् ।

सम्पत्ति र हैसियतको तडकभडक देखाउने आजको युगमा राघवको यो ‘परम इमानदारिता’ सामाजिक सञ्जालमा क्षणभरमै भाइरल भई हाँसो र चर्चाको विषय बनेको छ, जहाँ प्रयोगकर्ताहरूले उनले महिनाभरिको तलब होर्डिङ बोर्डकै भाडामा सिध्याएको भन्दै व्यङ्ग्य गरिरहेका छन्।

 कतिपयले बोर्डमा सम्पर्क नम्बर नै राख्न बिर्सेको व्यावहारिक त्रुटि औंल्याउँदै ढाँटेर सम्बन्ध गाँस्नुभन्दा जे छ त्यही देखाउने उनको इमानदार कदमको उच्च तारिफ समेत गरेका छन् ।

प्रतिक्रिया
शेयर