डोलप्रसाद अर्याल प्रतिनिधिसभाको दशौँ सभामुखमा निर्विरोध निर्वाचित

छानबिन न्यूज
पाठक संख्या 51
1 Min Read
Oplus_16908288

२२ चैत,काठमाण्डाैं । प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल नेपालको दसौँ सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।

बैठकमा रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए भने उक्त प्रस्तावलाई सांसदहरू सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेका थिए।

सभाको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदका लागि अर्यालको मात्र एउटा प्रस्तावको सूचना प्राप्त भएकाले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

नवनिर्वाचित सभामुख अर्यालको शपथ ग्रहण पनि आजै शीतल निवासमा हुने कार्यक्रम तय भएको छ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो साढे २ बजे उनलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् र शपथ ग्रहण लगत्तै उनले आफ्नो कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन्।

प्रतिक्रिया
शेयर