ईर्साद अन्सारी
१८ चैत,काठमाण्डाैं । इजरायल, अमेरिका र इरानबीचको बढ्दो सैन्य तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र उछाल आएको छ, जसको प्रत्यक्ष असर स्वरूप ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ७३ डलरबाट बढेर मार्च ३१ सम्म ११७ डलर पुगेको छ ।
यस ऊर्जा संकटले गर्दा अमेरिकामा पेट्रोलको मूल्य चार वर्षयताकै उच्च प्रति ग्यालन ४ डलर नाघेको छ भने बेलायतमा पेट्रोल र डिजेलको मूल्यमा क्रमश: १४ र २७ प्रतिशतको वृद्धि देखिएको छ ।
मूल्य वृद्धि र अभाव चुलिएपछि श्रीलंका, बंगलादेश र स्लोभेनिया जस्ता राष्ट्रहरूले इन्धन राशिनिङ प्रणाली लागू गरेका छन् भने अष्ट्रेलियाले उपभोक्तालाई राहत दिन इन्धन कर आधा घटाउनुका साथै सार्वजनिक यातायात नि:शुल्क गर्ने जस्ता वैकल्पिक उपायहरू अपनाउन थालेको छ ।
प्रतिक्रिया
