प्रतिनिधि सभा निर्वाचन: देशभरका १०,९६७ केन्द्रमा मतदान जारी, दिउँसो ३ बजेसम्म ७६ लाख मत खस्यो

छानबिन न्यूज
पाठक संख्या 136
1 Min Read

२१ फागुन,बारा ।  प्राप्त पछिल्लो विवरण अनुसार, बिहीबार बिहान ७ बजेदेखि देशभरका १६५ निर्वाचन क्षेत्रमा सुरु भएको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ ।

देशभरका १० हजार ९६७ मतदान स्थलहरूमा केही छिटपुट घटना बाहेक शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी रहेको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म कुल मतदाताको ४० प्रतिशत मतदान भइसकेको छ र मतदान केन्द्रहरूमा अझै पनि मतदाताहरूको उत्साहजनक उपस्थिति रहेकाले यो संख्या बढ्ने क्रममा छ ।

प्रतिक्रिया
शेयर