रौतहटको एक होटलमा युवतीमाथि सामूहिक बलात्कार, चार भारतीयसहित पाँच जना पक्राउ

छानबिन न्यूज
पाठक संख्या 58
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

२३ असार,बारा ।  रौतहटको सदरमुकाम गौरस्थित सुस्मा प्यालेस होटलमा गत असार २१ गते दिउँसो एक २१ वर्षीया युवतीमाथि सामूहिक जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले एक नेपाली र चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा गौर नगरपालिका–२ का २५ वर्षीय सन्तोष राउत तथा भारतको बिहार राज्य मुजफ्फरपुर जिल्लाका ३३ वर्षीय मोहम्मद ताजुदिन, ३७ वर्षीय जितेन्द्र कुमार, ३८ वर्षीय हसनैन आलम र ३४ वर्षीय आलोक कुमार रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका यी अभियुक्तहरूमाथि जबरजस्ती करणी तथा करणी उद्योगसम्बन्धी कसुरमा हिरासतमा राखेर आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया
शेयर