२१ फागुन,बारा । आम निर्वाचन २०८२ अन्तर्गत बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रहरूमा आज बिहानदेखि उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
जिल्ला निर्वाचन कार्यालय बाराका निर्वाचन अधिकारी नवीन चौधरीका अनुसार आज मध्याह्न १२ बजेसम्म जिल्लामा करिब ३० प्रतिशत मतदान भइसकेको छ।
निर्वाचन अधिकारी चौधरीले जिल्लाका सबै मतदान केन्द्रहरूमा मतदाताहरूले कुनै अवरोधबिना धैर्यतापूर्वक आफ्नो मताधिकार प्रयोग गरिरहेको र अहिलेसम्म कुनै अप्रिय घटना नभएको जानकारी बताए ।
यसैबीच, देशभरको पछिल्लो तथ्यांकअनुसार हालसम्म देशभर करिब ३२ लाख मत खसिसकेको निर्वाचन आयोगले जनाएको छ।
प्रतिक्रिया
