१२ बैसाख,बारा । धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी २१ वर्षीय अतुल चौधरीको मृत्यु भएको छ ।
चितवनबाट गाईघाटतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १०११ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१० प १२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार महोत्तरी जलेश्वर नगरपालिका–१ की २३ वर्षीया राघनी कुमारी महत्तो गम्भीर घाइते भई जनकपुरस्थित न्युरो अस्पतालमा उपचाररत छिन्
इलाका प्रहरी कार्यालय ढल्केबरले बस र चालक बारा जितपुर सिमरा–१४ का ३७ वर्षीय युवराज राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
