​पैसा बाँड्दै गर्दा धनुषामा स्वतन्त्र उम्मेदवार महरा पक्राउ

छानबिन न्यूज
पाठक संख्या 126
1 Min Read

२० फागुन, बारा ।  धनुषा क्षेत्र नम्बर ४ अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–४, चन्द्रपुर टोलमा मतदातालाई पैसा बाँड्दै गरेको आरोपमा स्वतन्त्र उम्मेदवार राजकिशोर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनीसँगै रहेका अन्य तीन जना फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमका अनुसार महरालाई ४५ हजार रुपैयाँभन्दा बढी नगदसहित रङ्गेहात नियन्त्रणमा लिइएको हो।

प्रहरी टोली पुग्नेबित्तिकै अन्य व्यक्तिहरू फरार भए पनि घटनास्थलबाट कुल ४८ हजार ५ सय रुपैयाँ नगद र आर्थिक कारोबारको विवरण उल्लेख गरिएको डायरीसमेत बरामद गरिएको छ।

हाल पक्राउ परेका उम्मेदवार महरा र प्रयोग गरिएको गाडीलाई आवश्यक कारबाहीका लागि निर्वाचन आयोगको कार्यालय पठाउने तयारी भइरहेको छ भने प्रहरीले यस घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
शेयर