२२ फागुन,बारा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रौतहट निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले निकै शक्तिशाली अग्रता बनाएका छन् भने चर्चित सञ्चारकर्मी ऋषि धमला निकै पछि परेका छन्।
हालसम्म गणना भएको ३ हजार ८ सय २६ मतमध्ये रास्वपाका पौडेलले २ हजार २ सय ५ मतका साथ बर्चस्व कायम गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ६ सय ९२ र तेस्रो स्थानको नेकपाले ६ सय ३७ मत मात्र प्राप्त गरेका छन्।
चुनाव प्रचारका क्रममा सामाजिक सञ्जालमा निकै भाइरल बनेका तथा ‘आम आदमी पार्टी’ को मोबाइल चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका ऋषि धमलाले भने हालसम्म मात्र ९ मत प्राप्त गरेका छन्, जसले गर्दा यो क्षेत्रमा रास्वपाको आक्रामक उपस्थितिका अगाडि धमलाको चुनावी प्रभाव निकै कमजोर देखिएको छ।
