सरकारद्वारा निजामती र स्वास्थ्यकर्मीका १२ ट्रेड युनियनको दर्ता खारेज

छानबिन न्यूज
पाठक संख्या 27
1 Min Read
Oplus_16908288

२३ बैसाख,काठमाण्डाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ को आधारमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मंच, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनसहित ८ वटा निजामती कर्मचारी ट्रेड युनियन तथा नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन गरी ४ वटा स्वास्थ्यकर्मीका ट्रेड युनियनको दर्ता खारेज गर्ने निर्णय गरेको छ ।

विभागका प्रवक्ता ई. मणिनाथ गोपका अनुसार पञ्जिकाधिकारीको २३ गतेको निर्णय बमोजिम यी राष्ट्रिय स्तरका ट्रेड युनियनहरूलाई कानुनी रूपमा खारेज गरिएको हो ।

प्रतिक्रिया
शेयर