पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

छानबिन न्यूज
पाठक संख्या 58
1 Min Read
Oplus_16908288

९ असार,बारा ।  विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा राखी सोमबारदेखि लागू हुने गरी ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

अघिल्लो दिन सुर्खेतबाट पक्राउ परी राति नै स्थलमार्ग हुँदै काठमाडौं ल्याइएका पौडेललाई विभागले अदालतमा उपस्थित गराएपछि यो आदेश जारी भएको हो र अब विभागले थप अनुसन्धानका लागि पुनः म्याद थप गर्न उनलाई विशेष अदालतमा उपस्थित गराउनुपर्नेछ ।

प्रतिक्रिया
शेयर