एमाले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी गैरन्यायिक, तत्काल रिहाइ गर्न एमालेको माग

छानबिन न्यूज
पाठक संख्या 22
1 Min Read
Oplus_16908288

९ असार,काठमाण्डाैं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई पूर्ण रूपमा गैरन्यायिक कदम ठहर गर्दै उनको तत्काल रिहाइको माग गरेको छ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको आकस्मिक बैठकले उक्त निष्कर्ष निकाल्दै सरकारको यस कदमप्रति कडा आपत्ति जनाएको हो।

एमाले स्रोतका अनुसार हिजो सुर्खेतबाट पक्राउ गरिएका उपाध्यक्ष पौडेललाई अहिले म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ भने पार्टीले यस पक्राउको राजनीतिक प्रतिशोधको रूपमा विरोध गर्दै विनासर्त तुरुन्त छोड्न जोडदार माग गरेको छ।

प्रतिक्रिया
शेयर