सिन्धुपाल्चोकमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

छानबिन न्यूज
पाठक संख्या 209
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१५ माघ,काठमाण्डाैं ।  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित जनजागृति माध्यमिक विद्यालयका शिक्षक जितराज गिरीलाई १२ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

विद्यालय नजिकै रहेको गिरीको आफ्नै स्टेशनरी पसलमा गएकी कक्षा ७ मा अध्ययनरत ती बालिकालाई दुर्व्यवहार गरिएको पीडित पक्षको दाबी छ।

घटनाबारे बालिकाले आफन्तलाई जानकारी गराएपछि आक्रोशित अभिभावकहरू विद्यालय पुगेर छलफल गर्दा आरोपित गिरीले ‘माया गरेर गाला मात्र छोएको’ भन्दै आरोप अस्वीकार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।

अवस्था नियन्त्रण बाहिर जान लागेपछि प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी काजिकुमार आचार्यका अनुसार पीडितका आफन्तले जाहेरी दिइसकेकाले हाल गिरीमाथि म्याद थप गरी कानुनी अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया
शेयर