९ असार,बारा । भक्तपुरको नगरकोटमा गएराति सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ।
महोत्तरी, मिथिला नगरपालिका–९ घर भई हाल नगरकोटमोड बस्ने २८ वर्षीय आकाश रसाइलीलाई राति १० बजे चक्कु प्रहार गरिएको थियो।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका रसाइलीको काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा आज बिहान ६:१५ बजे मृत्यु भएको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उदयपुरका ३१ वर्षीय आयुष कार्की, झापाका २७ वर्षीय दोर्जे शेर्पा र गुल्मीका ३५ वर्षीय रमेश कुँवरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया
