कतारको ग्यास प्लान्टमा मिसाइल आक्रमण: इरानमाथि आरोप

छानबिन न्यूज
पाठक संख्या 63
1 Min Read
Oplus_16908288

५ चैत,काठमाण्डाैं  कतारको सबैभन्दा ठूलो ग्यास प्लान्ट ‘रास लाफान’ मा गएराति भीषण मिसाइल आक्रमण भएको छ ।

जसका कारण प्लान्टमा ठूलो आगलागी भई भौतिक क्षति पुगेको छ भने कतारी विदेश मन्त्रालयले यस आक्रमणको प्रत्यक्ष दोष इरानमाथि लगाउँदै आफ्ना नागरिक र महत्त्वपूर्ण स्थलहरूलाई निशाना बनाएर इरानले सीमा नाघेको बताएको छ ।

यस घटनाले क्षेत्रकै सुरक्षा र शान्ति व्यवस्था बिग्रन सक्ने चेतावनी दिँदै कतारले यस्ता उत्तेजक कार्यहरू रोक्न र तनाव कम गरी शान्ति कायम गर्न सबै राष्ट्रहरूलाई एकजुट भएर पहल गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
शेयर