प्रधानमन्त्रीको विवादित अभिव्यक्तिको चौतर्फी विरोध, माइतीघरमा विद्यार्थी सङ्गठनद्वारा प्रदर्शन

छानबिन न्यूज
पाठक संख्या 42
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१७ जेठ,काठमाण्डाैं ।  प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको’ भनी दिएको गम्भीर र विवादास्पद अभिव्यक्तिको सर्वत्र विरोध र आलोचना सुरु भएको छ ।

यसै क्रममा उक्त अभिव्यक्तिको विरुद्धमा अखिल (समाजवादी) र वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालले माइतीघरमा साढे ५ बजेदेखि संयुक्त रूपमा विरोध प्रदर्शन सुरु गरेका छन ।

 सङ्गठनका अध्यक्ष ह्याल तामाङ र केन्द्रीय सदस्य हिमांशु घिमिरेलगायतको सहभागिता रहेको छ ।

उता सीमाविद् तथा भारतका लागि पूर्व राजदूतहरूले समेत प्रधानमन्त्रीको भनाइको कडा खण्डन गर्दै हालसम्म नेपालले भारतीय भूभाग मिचेको विषय कतै पनि नउठेको र यो अभिव्यक्ति तथ्यहीन रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया
शेयर