तस्करीमा सघाएको र मदिरा सेवनको आरोपमा सशस्त्रका डीएसपी तानिए

छानबिन न्यूज
पाठक संख्या 46
1 Min Read

१२ बैसाख,बारा । ​बाराको मटिअर्वा स्थित सशस्त्र प्रहरी बल नेपाल,प्रस्ताबित सिमा सुरक्षा गुल्म का डीएसपी नारायण प्रसाद पाैडेल गणमा तानिएका छन ।

मदिरा सेवन गरी कबाड र कपडाको तस्करीमा संलग्न रहेको गम्भीर आरोप लागेपछि छानबिनका लागि उनलाइ सुक्रबार राती जिल्ला गणमा तानिएका हुन

। स्रोतका अनुसार कार्यक्षेत्रमा जिम्मेवार हुनुपर्ने समयमा मदिराले मात्तिएर बस्ने गरेको र सोही आडमा सीमा क्षेत्रबाट अवैध सामान ओसारपसार गर्न तस्करहरूलाई सघाएको उजुरी परेपछि उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको हो।

विशेषगरी सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आकस्मिक अनुगमनका लागि सशस्त्र प्रहरी बल नेपाल,प्रस्ताबित सिमा सुरक्षा गुल्म मटिअर्वा पुग्दा समेत ती डीएसपी मदिराका कारण अचेत अवस्थामा रहेकाले बाहिर निस्कन नसकेको र यसले सुरक्षा निकायको छविमा आँच पुऱ्याएको भन्दै उनलाई तत्काल जिम्मेवारीबाट हटाएर थप अनुसन्धानका लागि जिल्ला तानिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया
शेयर