ट्राफिक व्यवस्थापन सुधार्न डीआईजी थपलियाको निर्देशन: अवैध असुली र सेटिङ तोड्न चुनौती

छानबिन न्यूज
पाठक संख्या 83
1 Min Read
Oplus_16908288

५ बैसाख,बारा । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाले शुक्रबार पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको अनुगमन तथा निरीक्षण गर्दै सवारी दुर्घटना न्यूनीकरण र पारदर्शी सेवा प्रवाहमा जोड दिएका छन् ।

बारा र पर्साका ट्राफिक प्रमुख तथा सुरक्षाकर्मीहरूलाई सम्बोधन गर्दै उनले वैज्ञानिक ढङ्गले दुर्घटनाका कारण पहिचान गरी रणनीति बनाउन र नागरिक विश्वास जित्ने गरी काम गर्न निर्देशन दिए तापनि, व्यवहारमा भने ट्राफिक प्रहरीमाथि गम्भीर प्रश्नहरू उठिरहेका छन् ।

विशेषगरी वीरगञ्ज-पथलैया कोरिडोरका उद्योगहरूका लागि कच्चा पदार्थ बोकेर आउने भारतीय मालबाहक गाडी र उद्योगीहरूसँग ट्राफिक प्रहरीको ‘मासिक सेटिङ’ हुने गरेको र ओभरलोडका नाममा अवैध रकम असुली हुने गरेको गुनासो व्याप्त छ ।

वीरगञ्ज सिर्सिया आईसिपिबाट छुट्ने ओभरलोड गाडीहरूबाट विगतमा जस्तै ‘घुमुवा’ परिचालन गरी रकम उठाउने प्रवृत्ति अझै अन्त्य हुन नसकेको भारतीय चालकहरूको दाबी छ ।

तसर्थ, डीआईजीको निर्देशनलाई सार्थक बनाउन विगतको दाग मेटाउँदै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९नियमावली, २०५४ को मर्म अनुरूप ओभरलोड नियन्त्रण गर्ने र सडकमा हुने अवैध आर्थिक लेनदेन पूर्णतः बन्द गरी नियमित अनुगमनलाई कडाइ गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया
शेयर