महालेखाको ६३औँ प्रतिवेदन: कुल बेरुजु ७ खर्ब ५५ अर्ब नाघ्यो, यस वर्ष मात्रै थपियो ८८ अर्ब बढी

छानबिन न्यूज
पाठक संख्या 38
2 Min Read
Oplus_16908288

१ जेठ,काठमाण्डाैं । आर्थिक वर्ष २०८१/०८२ मा कुल ५ हजार ५२६ निकायको ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न भएकोमा यस वर्षको लेखापरीक्षणबाट मात्रै कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ ।

जसमध्ये संघीय मन्त्रालय तथा निकायतर्फ ३ हजार ५० कार्यालयको २९ खर्ब १७ अर्ब ९५ करोड, प्रदेशतर्फ १ हजार १२४ कार्यालयको ३ खर्ब २० अर्ब ३० करोड, स्थानीय तहतर्फ ७२१ निकायको ११ खर्ब ९ अर्ब ५२ करोड, समिति एवं अन्य संस्थातर्फ ५७७ निकायको ४ खर्ब ४७ अर्ब ७७ करोड र ४४ वटा संगठित संस्थाको ४६ खर्ब ८८ अर्ब ९६ करोडको लेखापरीक्षण गरिएको महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको ६३औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ।

उक्त प्रतिवेदन अनुसार यस वर्ष देखिएको जम्मा बेरुजुमध्ये संघीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४८ करोड ७७ लाख, प्रदेशतर्फ ५ अर्ब २२ करोड ८७ लाख, स्थानीय तहतर्फ १९ अर्ब ४ करोड ७७ लाख र समिति एवं अन्य संस्थातर्फ १० अर्ब ३२ करोड ७० लाख रुपैयाँ रहेको छ ।

 यससँगै नेपालको कुल अद्यावधिक बेरुजु गत वर्षको तुलनामा २.९९ प्रतिशतले बढेर ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ, जसमा संघीय कार्यालयको हिस्सा ३ खर्ब ७८ अर्ब ५४ करोड र स्थानीय तहको २ खर्ब २० अर्ब ४७ करोड रहेको छ।

अर्कोतर्फ, लेखापरीक्षणकै प्रभाव स्वरूप यस वर्ष कुल १४ अर्ब ६३ करोड २७ लाख रुपैयाँ असुल भई राजस्व खातामा जम्मा भएको छ भने सोही अवधिमा ६३ अर्ब १२ करोड ९५ लाख रुपैयाँ बराबरको बेरुजु सम्परीक्षण समेत गरिएको प्रतिवेदनमा जनाइएको छ।

प्रतिक्रिया
शेयर