लिपुलेक नेपालकै भूमि भएकोमा सरकार प्रतिबद्ध: मन्त्रिपरिषद् प्रवक्ता

छानबिन न्यूज
पाठक संख्या 28
1 Min Read
Oplus_16908288

२१ बैसाख,काठमाण्डाैं । भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटो खुला गरेको सन्दर्भमा नेपाल सरकारले उक्त भू-भाग नेपालकै भएको कुरामा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सीमा विवादित क्षेत्र नेपालको भूमि भएकोमा कुनै शङ्का नरहेको र यसको समाधान दुई देशको सहकार्य र निकासबाट खोजिनुपर्ने बताए ।

भारत सरकारले सन् २०२६ को जुनदेखि अगस्टसम्म सञ्चालन हुने गरी लिपुलेक र नाथु ला पास हुँदै २० समूहमा करिब एक हजार यात्रु लैजाने तालिका सार्वजनिक गरेपछि परराष्ट्र मन्त्रालयले हिजो मात्रै कूटनीतिक नोट पठाएर उक्त क्षेत्रमा कुनै गतिविधि नगर्न भारत र चीन दुवैलाई आग्रह गरेको थियो।

भारतीय विदेश मन्त्रालयले उक्त बाटो पुरानै भएको दाबी गरे पनि मन्त्री पोखरेलले नेपाल सरकार आफ्नो अडानमा स्पष्ट रहेको र परराष्ट्र मन्त्रालयको नोटपछि भारतले पनि खुला सहकार्यबाट निकास निकाल्नुपर्नेमा जोड दिएको उल्लेख गरे का छन ।।

प्रतिक्रिया
शेयर