२४ चैत,बारा । सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ।
चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर जडान गरी विद्युत लाइन उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने उजुरीका आधारमा परिचालन भएको आयोगको टोलीले उनलाई सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-२ बाट सोमबार रंगेहात पक्राउ गरेको हो।
सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएका दासमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
प्रतिक्रिया
