९ असार,बारा । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा राखी सोमबारदेखि लागू हुने गरी ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
अघिल्लो दिन सुर्खेतबाट पक्राउ परी राति नै स्थलमार्ग हुँदै काठमाडौं ल्याइएका पौडेललाई विभागले अदालतमा उपस्थित गराएपछि यो आदेश जारी भएको हो र अब विभागले थप अनुसन्धानका लागि पुनः म्याद थप गर्न उनलाई विशेष अदालतमा उपस्थित गराउनुपर्नेछ ।
प्रतिक्रिया
