बजारमा ग्यास अभाव भएपछि आधा सिलिन्डर मात्रै वितरण गरिने

छानबिन न्यूज
पाठक संख्या 180
1 Min Read

ईर्साद अन्सारी

२८ फागुन,काठमाण्डाैं । नेपाल आयल निगमले उपभोक्ताद्वारा अनावश्यक सञ्चय गर्ने प्रवृत्ति बढेको र भारतबाट मागभन्दा कम आपूर्ति भइरहेको अवस्थालाई दृष्टिगत गर्दै बजारमा आधा सिलिन्डर (७.१ केजी) मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको छ ।

पश्चिम एसियामा बढ्दो द्वन्द्वको त्रास र पछिल्लो दुई महिनादेखिको अभावका कारण सर्वसाधारणले ग्यास थुपार्न थालेपछि कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार बिहीबारको सञ्चालक समिति बैठकले यस्तो कदम चालेको हो ।

हाल दैनिक १२० बुलेटको माग भए तापनि इन्डियन आयल निगमबाट करिब ८० बुलेट मात्र ग्यास भित्रिरहेकाले आपूर्ति व्यवस्था सहज बनाउन निगमले वि.सं. २०७२ को नाकाबन्दी ताकाको जस्तै यो अस्थायी व्यवस्था लागू गरेको हो।

प्रतिक्रिया
शेयर