थापाथली क्षेत्रका सुकुम्बासी बस्ती हटाउन सुरु, सुरक्षा व्यवस्था कडा

छानबिन न्यूज
पाठक संख्या 70
1 Min Read
Oplus_16908288

१२ बैसाख,बारा । सरकारले काठमाडौँका तीन स्थानका सुकुम्बासी बस्ती हटाउने अभियान अन्तर्गत आज वैशाख १२ गते बिहानैदेखि थापाथली क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी बस्ती खाली गराउने तयारी गरेको छ।

वि.सं. २०६४ देखि बसोबास गर्दै आएका करिब १४५ घरधुरी रहेको यस क्षेत्रमा स्थानीयको सम्भावित अवरोधलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो।

सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उचित पुनर्वासको व्यवस्था गर्ने आश्वासन दिए तापनि सुकुम्बासीहरूले  आफूहरूसंग बस्ने वैकल्पिक ठाउँ नभएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।

Oplus_16908288
प्रतिक्रिया
शेयर