मोज्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेतामा चयन

छानबिन न्यूज
पाठक संख्या 91
1 Min Read

२० फागुन,काठमाण्डाैं ।  इरान र इजरायल–अमेरिकाबीचको बढ्दो युद्ध र तनावका बीच आयतोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेता चयन गरिएको छ।

८८ धर्मगुरुहरूको समूह (विशेषज्ञ सभा) ले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कुनै औपचारिक भौतिक सत्र नगरी अनलाइन मतदानमार्फत उनलाई यस पदका लागि निर्वाचित गरेको हो।

इजरायल र अमेरिकाको हालैको हवाई आक्रमणमा परी पूर्वसर्वोच्च नेता खामेनीको मृत्यु भएपछि रिक्त रहेको यो पदमा नयाँ उत्तराधिकारी चयनको प्रक्रिया अर्को हप्ता हुने भनिए पनि आकस्मिक रूपमा यो निर्णय सार्वजनिक भएको मिडिया रिपोर्टहरूले उल्लेख गरेका छन्।

प्रतिक्रिया
शेयर