३ बैसाख,काठमाण्डाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद र मन्त्रीहरूले बुझाउनुपर्ने मासिक लेवी रकम तय गरेको छ।
बिहीबार बसेको संसदीय दलको बैठकले गरेको निर्णयबारे जानकारी दिँदै महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार अबदेखि पार्टीका सांसदहरूले मासिक १६ हजार ५०० रुपैयाँ र मन्त्रीहरूले १८ हजार रुपैयाँ लेवी बुझाउनुपर्नेछ
मन्त्री तथा सांसदका स्वकीय सचिवहरूका हकमा मासिक २ हजार रुपैयाँ लेवी तोकिएको छ।
प्रतिक्रिया
