झापा–५ को प्रारम्भिक गणनामा बालेन शाहको फराकिलो अग्रता, केपी ओली पछा

छानबिन न्यूज
पाठक संख्या 111
1 Min Read

२२ फागुन,बिराटनगर ।  झापा क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो रुझान सार्वजनिक भएको छ, जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र (बालेन) शाहले भारी मतका साथ अग्रता लिएका छन्।

झापाको कमल गाउँपालिकास्थित बाँसबारी र गौरादहको मोती मावि मतदान केन्द्रको कुल २ हजार ३ सय ३ मत गणना हुँदा बालेन शाहले १ हजार ४ सय ७६ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जम्मा ३ सय ८४ मत मात्र पाएका छन्।

प्रारम्भिक नतिजामै बालेन शाहले बनाएको यो फराकिलो अन्तरले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ भने एमालेको गढ मानिने यस क्षेत्रमा अहिले गणनाको नतिजाले सबैको ध्यान आकर्षित गरेको छ।

प्रतिक्रिया
शेयर