कांग्रेसको देउवा समूहद्वारा समानान्तर गतिविधिको तयारी, पार्टी विभाजनको चेतावनी

छानबिन न्यूज
पाठक संख्या 95
1 Min Read
Oplus_16908288

६ बैसाख,बारा । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै देउवा समूहले सर्वोच्च अदालतको फैसलापछि पनि केन्द्रदेखि जिल्ला तहसम्म समानान्तर गतिविधि सञ्चालन गर्ने तयारी थालेको छ।

एकताका लागि संस्थापन पक्षलाई आग्रह गरे पनि त्यसको सुनुवाइ नभए वैकल्पिक योजनाका रूपमा आफ्ना छुट्टै कार्यक्रमहरू अगाडि बढाउने निष्कर्षमा पुगेको यो समूहले आज काठमाडौंमा उपलब्ध पदाधिकारी, प्रदेश सभापति र पूर्वमुख्यमन्त्रीहरूको बैठक बसी आगामी रणनीतिका बारेमा गम्भीर छलफल गरेको हो।

बैठकपछि नेता मिनबहादुर विश्वकर्माले अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै अब यथाशीघ्र निवर्तमान पदाधिकारी र सदस्यहरूको वृहत् बैठक बोलाएर प्रदेश तथा जिल्लास्तरमा चरणवद्ध कार्यक्रम र राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिए।

नेता विश्वकर्माले संस्थापन पक्षले एकताका लागि ठोस पहल नगरे र महाधिवेशनका दुई फरक कार्यतालिकालाई समायोजन गरेर एउटै नबनाए पार्टी विभाजनको दिशामा जान सक्ने र दुईवटा महाधिवेशन हुने परिस्थिति सिर्जना हुने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया
शेयर