नयाँ संसद् अधिवेशनको तयारी: १९ चैतमा पहिलो बैठक, त्यसअघि सर्वदलीय छलफल हुने

छानबिन न्यूज
पाठक संख्या 36
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१७ चैत,काठमाण्डाैं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद् सचिवालयले आगामी १९ चैत दिउँसो १ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेको छ ।

गत २१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक सोही दिन दिउँसो २ बजे बस्ने तय भएकोले, त्यसको एक घण्टाअघि संसद् सचिवालयका अधिकारी, सरकारका प्रतिनिधि र सबै दलका प्रतिनिधिहरूबीच छलफल हुन लागेको प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

उक्त सर्वदलीय बैठकमा संसद् सञ्चालनका कार्यसूचीबारे परामर्श हुनेछ भने त्यसपछिको प्रतिनिधिसभा बैठकले मुख्यगरी सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउने र शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने अभ्यास रहेको छ ।

प्रतिक्रिया
शेयर