इरानी नेता लारिजानीद्वारा इस्लामिक देशहरूको भूमिकाप्रति असन्तुष्टि व्यक्त

छानबिन न्यूज
पाठक संख्या 47
1 Min Read
Oplus_16908288

३ चैत,काठमाण्डाैं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ नेता अली लारिजानीले हालै इस्लामिक देशहरूका सरकारलाई सम्बोधन गर्दै एक आलोचनात्मक पत्र सार्वजनिक गरेका छन् ।

जसमा उनले केही अपवादबाहेक अधिकांश इस्लामिक राष्ट्रहरूले इरानी जनतालाई संकटको समयमा सहयोग नगरेको भन्दै गम्भीर असन्तुष्टि पोखेका छन्।

केही देशहरूले आफ्नो भूमिमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई इरानले निशाना बनाएको बहानामा इरानलाई नै शत्रुको रूपमा चित्रित गरेकोमा आपत्ति जनाउँदै लारिजानीले ती देशहरूका सैन्य अड्डाबाट इरानमाथि आक्रमण हुनु स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

इरानको उद्देश्य कसैमाथि प्रभुत्व जमाउनु नभई सबैको सहयोगी बन्नु रहेको उल्लेख गर्दै उनले इस्लामिक जगतलाई “तपाईंहरू अन्ततः कसको पक्षमा हुनुहुन्छ?” भनी प्रश्न गर्दै आफ्नो कित्ता स्पष्ट पार्न चेतावनीपूर्ण सन्देशसमेत दिएका छन्।

प्रतिक्रिया
शेयर