३ फागुन,काठमाण्डमैं । आईसीसी पुरुष टी–२० विश्वकपअन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा जारी वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले निकै फितलो सुरुवात गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले सम्हालिएर खेल्न नसक्दा छैंटौ ओभरमै आफ्ना महत्वपूर्ण ४ विकेट गुमाउन पुगेको हो।
नेपालका ओपनर कुशल भुर्तेल व्यक्तिगत १ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेल ५ रन, आशिफ शेख ११ रन र आरिफ शेख पनि सस्तैमा पभेलियन फर्किएका छन्।
जारी विश्वकपमा लगातार तेस्रो खेल खेलिरहेको नेपालले ६.२ ओभरसम्म मात्र २३ रन जोड्न सकेको छ, जसले गर्दा अघिल्ला दुई खेलमा पराजय भोगेको नेपाललाई यो खेलमा पनि ठूलो दबाब सिर्जना भएको छ।
प्रतिक्रिया
