चितवन-२ मा रवि लामिछानेको भारी अग्रता, मतान्तर फराकिलो बन्दै

छानबिन न्यूज
पाठक संख्या 88
1 Min Read

२२ फागुन,बारा । चितवन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधि सभा सदस्य निर्वाचनको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै भारी मतको अग्रता कायम गरेका छन्।

पछिल्लो प्राप्त विवरण अनुसार लामिछानेले १० हजार ८२० मत प्राप्त गरी आफ्नो अग्रतालाई बलियो बनाएका छन् भने उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले ३ हजार १२६ मत प्राप्त गरेकी छिन्।

त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरे २ हजार ८४५ मतका साथ तेस्रो स्थानमा रहेका छन्, जसले गर्दा लामिछाने र अन्य उम्मेदवारबीचको मतान्तर निकै फराकिलो देखिएको छ।

प्रतिक्रिया
शेयर