ईर्साद अन्सारी
७ फागुन,सिरहा । इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको चार दिन बितिसक्दा पनि दोषी पक्राउ नपरेको विरोधमा बिहीबार सिरहाको धनगढीमाई बजारमा स्थानीयले महेन्द्र राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्।
मृतकका परिवारलाई न्याय दिन, घटनाको निष्पक्ष छानबिन गर्न र अपराधीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै आन्दोलित भएका प्रदर्शनकारीहरूले सरकारको सुस्त अनुसन्धानप्रति आक्रोश व्यक्त गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा समेत मागेका छन्।
प्रहरीले घटनाको अनुसन्धान र संलग्नहरूको खोजी भइरहेको बताए पनि चित्तबुझ्दो नतिजा नआए थप कडा आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन्।
प्रतिक्रिया
