इरानमाथिको आक्रमण रोक्न रूसको आग्रह

छानबिन न्यूज
पाठक संख्या 187
1 Min Read

१६ फागुन,काठमाण्डाैं ।  रूसले अमेरिका र इजरायललाई इरानमाथि जारी आक्रमण तत्काल रोक्न र स्थितिलाई राजनीतिक तथा कूटनीतिक समाधानको मार्गमा फर्काउन आग्रह गरेको छ ।

रूसको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै थप अस्थिरता निम्त्याउने यस्ता जिम्मेवारीहीन कार्यहरूको अन्तर्राष्ट्रिय समुदायले छिटो वस्तुनिष्ठ मूल्याङ्कन प्रस्तुत गर्नुपर्नेमा जोड दिएको छ ।

अलजजिराका अनुसार रूसले अन्तर्राष्ट्रिय कानून, आपसी सम्मान र स्वार्थको सन्तुलनमा आधारित रहेर शान्तिपूर्ण समाधान खोज्ने प्रयासमा सहयोग गर्न आफू सधैँ तयार रहेको समेत स्पष्ट पारेको छ ।

प्रतिक्रिया
शेयर