प्रेम सम्बन्धका कारण धनुषामा युवकको बीभत्स हत्या: प्रेमिका, काका र भाइ पक्राउ

छानबिन न्यूज
पाठक संख्या 140
1 Min Read

१६ फागुन,जनकपुरधाम ।  धनुषाको औरही गाउँपालिका–६ चक्करस्थित खेतमा गत बिहीबार घाँटी रेटिएको अवस्थामा फेला परेका हंसपुरका २० वर्षीय सुमितकुमार मण्डलको हत्या प्रेम सम्बन्धकै कारण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार, बुधबार साँझ सुमित आफ्नी प्रेमिका काजल मण्डललाई भेट्न उनको घर पुगेका बेला काजलका काका परमेश्वर मण्डलले दुवैलाई आपत्तिजनक अवस्थामा देखेपछि घटनाले उग्र रूप लिएको थियो।

काका परमेश्वर र काजलका भाइ दिपेश मण्डलले सुमितलाई कोठाबाट बाहिर निकाली कुटपिट गरेर पछाडि हात बाँधी खेतमा लगेर धारिलो हतियारले घाँटी रेटी हत्या गरेको एसपी रुगमबहादुर कुँवरले बताए।

हत्यापछि पक्राउ पर्ने डरले दिपेशले सुमितको मोटरसाइकल छिमेकी गाउँमा लुकाएका थिए भने विगत एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका सुमित र काजलबीचको यो सम्बन्धकै कारण ज्यान गएको पुष्टि भएपछि प्रहरीले प्रेमिका काजल, उनका काका परमेश्वर र भाइ दिपेशसहित तीनै जनालाई हत्यामा प्रयोग भएको हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया
शेयर