ईर्साद अन्सारी
९ फागुन,बारा । रौतहटको गौरमा उत्पन्न तनावपूर्ण स्थितिलाई मध्यनजर गर्दै शान्ति-सुरक्षा कायम गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित तीनवटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवका अनुसार विवादमा संलग्न रहेको आशंकामा हालसम्म १८ जनालाई नियन्त्रणमा लिइएको छ भने घटनालाई उक्साउने केही व्यक्तिहरूलाई प्रशासनले विशेष निगरानी (रडार) मा राखी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ।
हाल प्रशासनले दुई समुदायबीच संवादमार्फत समस्याको समाधान खोज्न वार्ताको पहल गरिरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको उल्लेख गर्दै स्थानीय प्रशासनले सम्पूर्ण सर्वसाधारणलाई संयमित र शान्त रहन समेत विशेष आग्रह गरेको छ।
प्रतिक्रिया
