सरकारी जागिरको ‘डेडलक’ तोड्न सहकर्मीकै हत्या: वैकल्पिक उम्मेदवार महतो पक्राउ

छानबिन न्यूज
पाठक संख्या 134
1 Min Read

१४ फागुन,सर्लाही ।  सर्लाहीको पूर्वाधार विकास कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रमोद कुमार यादवको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले महोत्तरीको रामगोपालपुर नगरपालिका निवासी गणेश महतोलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले महतोलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो। गत फाल्गुन ३ गते सर्लाहीको मलंगवा नगरपालिका-१० स्थित डेराको प्यासेजमा गोली हानी यादवको हत्या गरिएको थियो, जसमा महतोले भारतीय सुटर प्रयोग गरेको आशंका गरिएको छ।

​पक्राउ परेका महतो मृतक यादवसँगै लोकसेवा आयोगको वैकल्पिक उम्मेदवारको सूचीमा रहेका थिए र हाल सर्लाहीकै एक स्थानीय तहमा करार सेवामा कार्यरत थिए।

यादवको हत्यापछि आफू मुख्य दाबेदार बन्ने र सरकारी जागिर सुरक्षित गर्ने लोभमा उनले यो योजना बुनेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ। प्रहरीले बुधबार अदालतबाट महतोमाथि अनुसन्धानका लागि १५ दिनको म्याद थप गरी घटनाबारे थप सूक्ष्म अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया
शेयर