विवादका बीच युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताद्वारा राजीनामा

छानबिन न्यूज
पाठक संख्या 172
1 Min Read
Oplus_16908288

५ माघ,काठमाण्डाैं ।  कात्तिक ९ गते मन्त्री नियुक्त भएका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका भ्रमणलाई लिएर उत्पन्न विवाद र प्रधानमन्त्री सुशीला कार्कीको असन्तुष्टिका बीच पदबाट राजीनामा दिएका छन् ।

पछिल्लो समय अमेरिका भ्रमणको विषयलाई लिएर चर्को आलोचना खेपिरहेका गुप्तासँग प्रधानमन्त्री समेत रुष्ट बनेपछि उनले नैतिकताका आधारमा राजीनामा बुझाएको बताएका हुन् ।

सार्वजनिक बिदाका कारण राजीनामा पत्र आइतबार दर्ता हुन नसके पनि भोलिसम्ममा स्वीकृत हुने जानकारी दिँदै उनले आफ्नो कार्यकालको छोटो समयमै पद त्याग गर्ने निर्णय लिएका हुन् ।

प्रतिक्रिया
शेयर