कांग्रेसलाई झट्का: पूर्वमन्त्री बीरेन्द्र कनौडिया ‘रूख’ छोडेर ‘सूर्य’तिर

छानबिन न्यूज
पाठक संख्या 182
1 Min Read
Oplus_16908288

३ माघ,काठमाण्डाैं ।  पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका पूर्वनेता बीरेन्द्रकुमार कनौडिया नेकपा एमालेमा प्रवेश गरेका छन्।

आगामी निर्वाचनका लागि कपिलवस्तु क्षेत्र नम्बर ३ बाट कांग्रेसको एकल उम्मेदवार सिफारिस भएका कनौडियालाई शनिबार दिउँसो काठमाडौँमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता प्रदान गरी स्वागत गरे।

कांग्रेसभित्रको आन्तरिक किचलो र नेता अभिषेक प्रताप शाहसँगको विवादका कारण असन्तुष्ट बनेका कनौडियाले एमालेबाट सोही क्षेत्रमा चुनावी टिकटको सुनिश्चितता पाएपछि दल परिवर्तन गरेको चर्चा चले पनि एमाले कपिलवस्तुका इन्चार्ज बलराम अधिकारीले भने टिकटबारे निर्णय भइनसकेको दाबी गरेका छन्।

यसअघि लुम्बिनीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशसभा छिरेका तर अवसर नपाएका कनौडियाले पछिल्लो समय पार्टीको आन्तरिक समीकरणमा समेत कित्ता परिवर्तन गर्दै आएका थिए।

गत निर्वाचनमा तराई केन्द्रित दलका नेता मंगलप्रसाद गुप्तालाई भित्र्याएर जीत निकालेको एमालेले यसपटक गुप्ताको स्वास्थ्य अवस्था र कनौडियाको प्रभावशाली उपस्थितिलाई मध्यनजर गर्दै उनलाई पार्टीमा भित्र्याएको देखिन्छ।

प्रतिक्रिया
शेयर