आगामी निर्वाचनमा देश जलाउने र बनाउने शक्तिबीच प्रतिस्पर्धा हुन्छ : केपी शर्मा ओली

छानबिन न्यूज
पाठक संख्या 178
1 Min Read

ईर्साद अन्सारी

१७ माघ,काठमाण्डाैं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा देश बनाउने र देश बिगार्ने शक्तिहरूबीच मुख्य प्रतिस्पर्धा हुने बताउनुभएको छ ।

शनिबार काठमाडौंको चाबहिलमा ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले १६५ वटै निर्वाचन क्षेत्रमा देशलाई जिताउनुपर्ने र कतै पनि ‘देश हार्न नहुने’ तर्क गर्नुभयो ।

स्वतन्त्र उम्मेदवारहरूतर्फ इङ्गित गर्दै उहाँले उनीहरूलाई ‘बतासे अण्डा’ को संज्ञा दिँदै विचार, संगठन र निश्चित उद्देश्य नभएकाहरूले केवल मोबाइलबाट हल्ला मात्रै मच्चाएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले कसैको नाम नलिई तर बालेन शाहप्रति लक्षित गर्दै, ‘ठुटे सिङ लिएर सिंगौरी खेल्न खोजेको’ र जनतामा जनाधार नभएका यस्ता शक्तिहरूले तोडफोड, आगजनी र भड्काउपूर्ण कुरालाई क्रान्तिको नाम दिएको आरोप समेत लगाउनुभयो ।

आफूहरू जनताको साथमा रहेको र देशलाई समृद्ध तथा सुरक्षित बनाउने लक्ष्यबाट विचलित नहुने प्रतिबद्धता जनाउँदै उहाँले मोबाइलजस्ता प्रविधिलाई भ्रम फैलाउन नभई देशको हितमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
शेयर