देउवा टसको मस नभएपछि कांग्रेसमा वारपारको तयारी,निर्बाचन प्रकृया शुरू

छानबिन न्यूज
पाठक संख्या 177
1 Min Read

३० पुस,काठमाण्डमैं ।  नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्षले नयाँ मोड लिएसँगै विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया तीव्र पारिएको छ।

सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच रातभर चलेको सहमतिको प्रयास असफल भएको हो।

वार्ताका ढोकाहरू अझै पूर्ण रूपमा बन्द नभए पनि सहमतिको सम्भावना क्षीण देखिएपछि विशेष महाधिवेशन पक्षधर नेताहरूले पदाधिकारीको प्यानल नै तयार पारेर निर्वाचनमार्फत पार्टीको नीति र नेतृत्व बदल्ने उद्घोष गरेका छन्।

यसैबीच, निर्वाचन समितिले कार्यतालिकामा हेरफेर गर्दै आज बिहानैदेखि मनोनयन दर्ता सुरु गरिसकेको छ भने वार्ता जारी रहेकाले मनोनयनको समय केही थप हुन सक्ने जनाएको छ, जसले गर्दा कांग्रेस वृत्तमा अबको नेतृत्व कसको हातमा पुग्ला भन्ने कौतुहलता र चुनावी सरगर्मी निकै बढेको छ।

प्रतिक्रिया
शेयर