जेन–जी आन्दोलनका सहिदको सम्झनामा आज देशभर सार्वजनिक बिदा
ईर्साद अन्सारी
२३ भदाै,काठमाडौँ । २०८२ भदौ २३ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना तथा सम्मानमा आज देशभर ‘जेन–जी सहिद दिवस’ मनाइँदै छ ।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति सम्मान व्यक्त गर्दै सरकारले आज सार्वजनिक बिदा दिएको छ । भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘जेन–जी सहिद दिवस’का अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
२०८२ भदौ २३ गते भएको उक्त आन्दोलनले नेपालको राजनीतिमा ठूलो उथलपुथल ल्याएको थियो । आन्दोलनपछि तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।
सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको योगदानको स्मरण गर्दै उनीहरूप्रति सम्मान प्रकट गर्न सहिद दिवस मनाउने निर्णय गरेको हो । आज विभिन्न स्थानमा सहिदहरूको सम्झनामा श्रद्धाञ्जली तथा स्मृति कार्यक्रम आयोजना गरिँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0