भोटेकोशी बाढीका मृतकको सम्झनामा प्रहरी प्रधान कार्यालयमा दीप प्रज्वलन

Sep 7, 2026 - 21:24
 0  6
भोटेकोशी बाढीका मृतकको सम्झनामा प्रहरी प्रधान कार्यालयमा दीप प्रज्वलन

२२ भदाै,काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा अपराध अनुसन्धान विभागअन्तर्गत इन्टरपोल शाखा नक्सालको आयोजनामा कार्यक्रम गरिएको हो।

भोटेकोशी बाढी आएको १३औँ दिन तथा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी ज्यान गुमाएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका साथै कर्तव्यपालनाका क्रममा दिवंगत नेपाल प्रहरीसहित अन्य सुरक्षाकर्मीहरूको स्मृतिमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।

 कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको व्यावहारिक पक्ष र यसको महत्व झल्काउने सत्य घटनामा आधारित वृत्तचित्रको शुभारम्भ गर्नुभयो। वृत्तचित्रमा विभिन्न देशका प्रहरीबीच हुने सहकार्य, सूचना आदान–प्रदान तथा समन्वयले अन्तरदेशीय अपराध अनुसन्धानमा पुर्‍याउने योगदान प्रस्तुत गरिएको छ।

हरेक वर्ष ७ सेप्टेम्बरमा मनाइने अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२२ मा घोषणा गरेको हो। विभिन्न देशका प्रहरीबीच सहकार्य, सूचना आदान–प्रदान र समन्वयलाई सुदृढ गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा योगदान पुर्‍याउनु दिवसको मुख्य उद्देश्य हो।

 कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0