ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी गराएको आरोपमा दुई जना पक्राउ

Sep 8, 2026 - 14:29
 0  3
ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी गराएको आरोपमा दुई जना पक्राउ

२३ भदाै,हुम्ला । ताँजाकोट गाउँपालिका कार्यालयमा भएको आगलागी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

गत भदौ ७ गते राति करिब १ बजे ताँजाकोट गाउँपालिका–३ टाकुरेस्थित गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो।

आगलागीसम्बन्धी घटनाको जानकारी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको खुलेपछि ताँजाकोट गाउँपालिका–४ गल्लाबाडा बस्ने करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र सोही गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाललाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0