३१ असार,काठमाण्डाैं । पत्रकारहरूको विश्व संगठन इन्टरनेशनल युनियन अफ जर्नालिष्ट (आईयुजे) ले बालेन्द्र साह नेतृत्वको सरकार द्वारा निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने, सञ्चारगृह बाहिर गाडी तेर्स्याउने तथा सञ्चारकर्मीहरूलाई डर, धम्की र दबाबमा पार्ने जस्ता गतिविधिहरू भइरहेको भन्दै नेपालको प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि गम्भीर चिन्ता व्यक्त गरेको छ।
एक विज्ञप्ति जारी गर्दै संघले यस्ता गतिविधिहरू लोकतान्त्रिक समाजका सिद्धान्त र नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता विपरित रहेको ठहर गर्दै बढ्दो सेन्सरसिपको वातावरणले जनताको सूचना पाउने अधिकारमा गम्भीर चुनौती थपेको उल्लेख गरेको छ।
यसका साथै, संघले प्रेस स्वतन्त्रता, कानुनी शासन र नागरिक स्वतन्त्रतालाई कमजोर बनाउने कदमहरू रोक्न आग्रह गर्दै पत्रकारहरूले बिना कुनै डर, दबाब वा त्रास सुरक्षित र व्यावसायिक रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।


