करार र ज्यालादारी कर्मचारी हटाउने सरकारको निर्णयविरुद्ध सिंहदरबार भित्रै आन्दोलन

छानबिन न्यूज
पाठक संख्या 57
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

३१ असार,बारा । सरकारले आगामी नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुने गरी करार तथा दैनिक ज्यालादारी कर्मचारीहरूलाई सेवाबाट हटाउने तयारी गरेपछि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै तीव्र विरोध र आन्दोलन सुरु भएको छ ।

सरकारको यस निर्णयबाट दुई दशकभन्दा लामो समयदेखि सेवा गरिरहेका कर्मचारीहरू समेत ठूलो संख्यामा विस्थापित हुने भएपछि आक्रोशित बनेका कर्मचारीहरूले मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका थिए।

आज देखि कामकाज ठप्प पार्दै सिंहदरबारभित्रै भेला भई विरोध प्रदर्शनलाई थप सशक्त बनाएका छन् ।

प्रतिक्रिया
शेयर