रवि लामिछाने रास्वपा सभापतिमा निर्विरोध, केन्द्रीय सदस्यका लागि आज मतदान

छानबिन न्यूज
पाठक संख्या 50
1 Min Read
Oplus_16908288

१० असार,बारा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनबाट पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेकाले उनलाई निर्विरोध निर्वाचित घोषणा गरिएको हो।

 केन्द्रीय समिति सदस्यका लागि भने उम्मेदवारी दर्ता भई आज बिहान ८ बजेदेखि मतदान सुरु हुने तयारी रहेको छ ।

राति १२ बजेसम्म दर्ता भएका उम्मेदवारहरूका लागि हुने यस निर्वाचनमा चार हजार ५ सय भन्दा बढी मतदाता रहेका र मतदान सम्पन्न हुन करिब आठ घण्टा लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
शेयर