२ बैसाख,काठमाण्डाैं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पार्टीका पूर्व उपसभापति एवं नेता पूर्णबहादुर खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
यसअघि चैत १४ गते पार्टीको लेटरहेड दुरुपयोग गरी वक्तव्य जारी गरेको विषयमा चैत १८ गतेको बैठकले उनलाई सचेत गराइसकेको भए तापनि, पुनः चैत ३० गते आफूसँग नभएको पदीय जिम्मेवारी उल्लेख गरी प्रेस विज्ञप्ति जारी गरेको पाइएकाले पार्टीले यो कदम चालेको हो ।
खड्काको सो कार्य नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम अनुशासन उल्लंघनको दायरामा पर्ने ठहर गर्दै समितिले सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
प्रतिक्रिया
